सोलुखुम्बुमा आगलागीमा दुई बालबालिकाको जलेर मृत्यु


सन्तोष राउत/सोलुखुम्बु । सोलखुुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा आगलागीमा परी दुई बालबालिकाको ज्यान गएको छ ।

स्थानीय टेकप्रसाद निरौलाको मतानमा आगालागी हुँदा संगम निरौलाका छोरा ७ बर्षिय सुगम निरौला र सनदेस निरौलाका ४ बर्षिया छोरी सुदिस्मा निरौलाको घटनास्थलमै मृत्यू भएको हो ।

शनिबार दिउसो दुई बजे बालबालिकाले लाईटर खेलाउने क्रममा पराल रहेको मतानमा आगो सल्किदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

आगो अहिले नियमन्त्रणमा आएपछि शवलाई घटनास्थलबाट बाहिर आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार