कांग्रेसका भातृ संगठनहरुको सल्लेरीमा प्रर्दशनको तयारी

नेपाली कांग्रेस सोलुखुम्बुको भातृ संगठनले सोमबार सल्लेरीमा एकसाथ विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार सोमबार सल्लेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध प्रदर्शन गर्न लागेको नेपाल तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार असंबैधानिक कदमको विरोधमा जिल्लास्थित नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल तामाङ संघ, किसान संघ लगायतका भातृ संगठनहरुले सयुक्त रुपमा प्रर्दशन गर्न लागेको हो ।

विहान ११ बजे सल्लेरीको बसन्तबजार स्थित कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको र्‍याली नँया बजार, आवाँडाँडा हुँदै जिल्ला प्रसाशन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत हुने अध्यक्ष झाले बताउनभयो ।

सल्लेरीको कार्यक्रमलाई पार्टीका केन्द्रिय सदस्य बलबहादुर केसी लगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार कांग्रेसका भातृ संगठनहरुले भोली देशको ७७ ओटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्दैछ ।-solufm bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार