भूमि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्षमा श्रेष्ठ , सदस्यमा कार्की, विज्ञमा शेर्पा

सोलुखुम्बु । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । सोलुखुम्बु जिल्ला समितिको अध्यक्षको जिम्मेवारी रामकाजी श्रेष्ठले प्राप्त गर्नुभएको छ । सोलुखुम्बु समितिमा विज्ञको रुपमा कुन्जाङ शेर्पा र सदस्यमा मोहनकुमारी कार्कीले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । ७७ जिल्ला अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली हुनुहुन्छ ।

सोलुखुम्बुवाट मनोनयनमा परेका तिनै जना हाल नेकपाको केपी ओली समूहमा रहनुभएको छ ।

आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

पद्मा अर्याल भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरेर प्रचण्ड माधव नेपाल पक्षमा लागेकालाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ । -source:solukhumbusamachar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार