यस्तो छ भूमि व्यवस्था आयोगको जिल्ला तहको तलब सुविधा

काठमाडौं सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी सहसचिव तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउने छन्।

आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमबार राजपत्रमा प्रकाशन भएको हो। मन्त्रिपरिषद्कै चैत ९ गते बसेको बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ। भूमिहीनलाई जग्गा दिने दायित्वसाथ काम गरिरहेको आयोगका विज्ञ सदस्य जगतबहादुर देउजाले बताउनुभएको छ ।

सोलुखुम्बुमा रामकाजी श्रेष्ठ, कुन्जाङ शेर्पा र मोहनकुमारी कार्की मनोनयन भएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार