प्रचण्ड–माधव समूह निर्वाचन आयोगमा, गरे पार्टी आधिकारिकता दाबी

काठमाडौं नेकपा प्रचण्ड माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताको लागि दाबी पेस गरेको छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेता स्वयम् उपस्थित भएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

दाबी पेस गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै दलका वरिष्ठ नेता खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको जानकारी दिनुभयो ।

यसअघि, सोमबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित छ । निर्वाचन आयोगले आधिकारिकता दाबीका लागि दुवै समूह प्रक्रियागत रूपमा नआएको बताउँदै आएको छ ।-nepali network bata

तस्बिरहरु : प्रचण्ड–माधव समूहका विद्यार्थी नेता सुरेन्द्र बस्नेतको फेसबुकबाट !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार