किन भयो संवैधानिक परिषद्को बैठक स्थगित ?

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । यसअघि आज साँझका लागि बोलाइएको बैठक सोरेर बुधबार साँझ ५ बजेका लागि बोलाइएको थियो । त्यो पनि स्थगित गरिएको बताइएको छ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको असहमतिका कारण परिषद्को बैठक राख्ने प्रयास असफल भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीद्वारा गत पुस ५ गते संसद् विघटन गरिएकै दिने संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सो पत्र सभामुख अग्नि सापकोटाले परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राख्ने प्रयास गर्नुभएको हो, जुन प्रयास सफल हुन सकेन।

दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख सापकोटाले फिर्ता गरिदिनुभएको थियो ।
सरकारले अध्यादेश जारी गरी परिषद्का बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।-nepali network bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार