नेकपा(ओली) सोलुखुम्बु–काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षले सोलुखुम्बु–काठमाडौ सम्पर्क मन्चको  पुर्नगठन गरेको छ । मंगलबार उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलको उपस्थितीमा काठमाण्डौको दुम्बाराहीमा भएको भेलाले कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ सय ५ सदस्यीय मञ्च पुर्नगठन गरेको हो ।

मञ्चको उपाअध्यक्षमा खड्ग राई, सचिवमा आङबाबु राई, सहसचिवमा सुजन बस्नेत र कोषअध्यक्ष्माा फुरी ग्याल्जेशन शेर्पा रहनुभएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

करिब ६ बर्ष अघि अर्जुन कार्कीको अध्यक्षतामा मञ्च गठन गरिएको थियो । तत्कालिन एमाले हुँदा नै गठन भएको सम्पर्क मञ्चको मंगलबार पुर्नगठन गरिएको नेकपा ओली पक्षले जनाएको छ ।

मञ्चले सोलुखुम्बु र काठमाण्डौमा रहेका नेताकार्यकर्ताहरु विच  राजनितिक समन्वय गर्ने जनाइएको छ । कार्यक्रममा नेकपा(ओली) सम्बद्ध केन्द्रीय सदस्यहरु लिलाबहादुर थापामगर, बुद्धिकुमार राजभण्डारी, मानबहादुर राई, उत्तम बस्नेत, प्रदेश नम्बर १ सम्पर्क समन्वय कमिटीका इन्चार्ज किशोर अधिकारी, प्रदेश कमिटी सदस्य महेश किराँती, जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला, नेपाल उद्योग तथा ब्यबसायी महासंघ केन्द्रीय सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।  source : Solu fm

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार