भलिबल प्रतियोगीताको उपाधि गोराखानीलाई

सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित नेपाल दलित संघले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि सोलुदुधकुण्ड नगरापालिका ९ गोराखानीले हात पारेको छ ।

साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितमा सोलुदुधकुण्ड नगरपालिका ८ को चिम्दिङ समाज चिम्दिङले द्धितीय स्थान हासिल गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ (आङपाङ)ले तृतीय स्थान हात पारेको छ ।

विजेता टिमलाई नगद २५ हजार, २० हजार, १५ हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको लौरेश्वर दलित सेवा समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी दिए । त्यस्तै नृत्य प्रतियोगिता तर्फ डाँफे बाल समूह बेलिडाँडा प्रथम भएको छ ।

नेपाल दलित संघ तिङला वडा समिति द्धितीय भएको छ भने लौरेश्वर दलित युवा समाजले तृतिय स्थान हासिल गरेको छ । उनीहरुलाई पुरस्कार स्वरुप ६ हजार, ५ हजार र ४ हजार हात पारेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले युवाले मात्रै देशको विकास गर्न सक्ने बताएका छन् । केन्द्रिय सभापतिको उम्मेदवार घोषणा गरेका गुरुङले समाज रुपान्तरणमा युवाको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका नेपाली कांग्रेस सभापति दावा गेलु पाख्रिन, सोलुदुधकुण्ड नगरपालिका २ का वडाध्यक्ष मिङमार दोर्जी शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार