सोलुखुम्बु । नेपाल मानव अधिकार संगठन सोलुखुम्बुले सल्लेरीमा एक दिने मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
नेपाल मानव अधिकार संगठनको केन्द्रिय समितिका तालिम विभाग प्रमुख प्रा.डा. गोबिन्दप्रसाद ढकाल, नेपाल मानव अधिकार संगठन केन्द्रिय कोषाध्यक्ष शम्भु लामा र संविधानविद् तथा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको उपस्थिती तथा सहजीकरणमा शनिबार कार्यक्रमको आयोजना गरिएको नेपाल मानव अधिकार संगठन सोलुखुम्बुका सचिव रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
मानव अधिकारका सन्दर्भमा सरोकारवालाहरुलाई सुसूचित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नागरिक तथा महिला संस्थाहरुबाट गरी करिब ५० जनालाई प्रशिक्षित गर्ने सचिव बस्नेतले बताउनुभयो ।