सन्तोष/सोलुखुम्बु । नेपाल मानव अधिकार संगठन सोलुखुम्बुले सल्लेरीमा एक दिने मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि रुपमा बोल्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले मानव अधिकारका बिषयमा गाउँ गाउँमा प्रशिक्षण दिनुपर्ने बताउनुभयो। द्वन्द्वको समयमा बढी मानव अधिकारको हनन भएको उहाँको भनाइ छ। मेयर शेर्पाले मानव अधिकार रक्षाका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल मानव अधिकार संगठनको केन्द्रिय समितिका तालिम विभाग प्रमुख प्रा.डा. गोबिन्दप्रसाद ढकालले कार्यक्रमको बार जानकारी गराउनुभएको थियो।
नेपाल मानव अधिकार संगठन केन्द्रिय कोषाध्यक्ष शम्भु लामा र संविधानविद् तथा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकतन्त्र र मानवअधिकारको बिषयमा प्रशिक्षण दिनुभएको छ।
त्यस अवसरमा नेपाल मानव अधिकार संगठन सोलुखुम्बुका सचिव रमेशकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा एभरेष्ट मल्टिपल क्याम्पसका प्रमुख प्रेम कुमार राई, सोलुखुम्बु बहुमुखी क्याम्पसका उपप्राध्यापक निरञ्जन शर्मा, कांग्रेस नेता नवीन थापा, दावा गेलु पाख्रिन, महिला अधिकारकर्मी टंकीमाया बस्नेत लगायतले मन्तव्य राख्नुभएको थियो।
मानव अधिकारका सन्दर्भमा सरोकारवालाहरुलाई सुसूचित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विद्यार्थी, नागरिक तथा महिला संस्थाहरुबाट सहभागिता रहेको थियो।