सोलुखुम्बु प्रहरीलाई पुस्तक हस्तान्तरण


सन्तोष राउत/सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई एक सामाजिक संस्थाले विभिन्न किसिमका पुस्तक हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित सुरुवात गरेको ‘बुस्टिङ प्रोफेस्नालिजम क्याम्पियन’ अन्तर्गत पुस्तकालय स्थापनामा सहयोग पु¥याउने उद्देश्यले हिमालयन तारा अर्गनाइजेसनले १०५ थान पुस्तक उपलब्ध गराएको हो ।

कार्यालयका प्रहरी कर्मचारीहरु पढ्ने बानीको विकास गर्दै व्यवसायिक दक्षता वृद्धि गर्ने र सेवाग्राही तथा थुनुवालाई समेत पढ्नका लागि स्थापना गरिएको पुस्तकालयका लागि सोलुखुम्बुका युवा व्यवसायी भानुभक्त उपाध्यायको समन्वयमा संस्थाका सचिव सुरेश खड्काले प्रहरी निरीक्षक महेन्द्र दर्नाललाई पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

पुस्तकालय बनाउने यस अभियानमा विभिन्न संस्था तथा व्यक्तिहरुले पुस्तक सहयोगमा जोडिनुहुन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ ।

परिवर्तित सन्दर्भमा प्रहरी जनशक्तिलाई अझ बढी व्यवसायिक, ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील बनाउदै सेवा प्रवाह गर्न कार्यालयले मुलुकमै पहिलोपटक मातहतका प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि यस्ता खालका नवप्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको प्रहरी निरीक्षक मन्दिप चौहानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार