माटो तथा बाली परीक्षणको काम शुरु


सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको गार्मा माध्यामिक विद्यालयले जिल्लामै पहिलो पटक बाली परीक्षण तथा अध्ययन गरेको छ ।

नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको कर्मा ग्रुप अफ कम्पनी र विद्यलायका प्राविधिक धार अन्तरगतको कृषि बाली विज्ञान अध्ययन गर्ने बिद्यार्थी तथा शिक्षकहरुको सहकार्यमा विभिन्न १० प्रकारका आलु, पाँच प्रकारका मकैका बिउहरु रोपेर अनुसन्धान शुरु गरिएको हो ।

करिब दुई दर्जन कृषकहरुको माटो परीक्षण गर्नका साथै यस क्षेत्रमा बढी उत्पादन हुने पाँच थरीका तरकारीहरुको करिब ५० हजार बिरुवाको नर्सरी तयार गर्ने काम सम्पन्न भएको गार्मा माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । उक्त विरुवा गार्माका कृषकहरुलाई निःशुल्क वितरण गर्ने योजना छ ।

परम्परागत तवरले गर्दै आएको कृषि प्रणालीमा सुधार ल्याउने उद्देश्यले बाली परीक्षण अध्ययनको शुरु गरिएको हो । स्थानीय हावापानीमा सुहाउँदो खेतीबाट थोरै लागत र जमिनमा अधिकतम कृषि उपज उत्पादन गरी आर्थिक अवस्था सुधार गर्न कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीले कृषि बाली विज्ञान विषय सैद्धान्तिक तवरले मात्र नभई प्रयोगात्मक रुपमानै सिक्नका लागि समेत यसले मदत पुग्ने विद्यालयका प्रध्यानाध्यपाक विनोदसिं तामाङले बताउनुभयो । विद्यालयबाट उत्पादन भएको जनशक्तिलाई रोजगारीको बाटो समेत यसले खोल्न सक्ने उहाँको आशा छ ।

कम्पनीका प्राविधिकहरुले विद्यार्थी तथा स्थानीयको सहभागितामा विभिन्न जातका आलु, मकै र तरकारी रोपेका छन् । उत्पादन परिमाणका आधरमा माटो अनुसारको खेती गर्नका लागि कृषकलाई सुझाव समेत दिइने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार