वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बु विस्तार

सोलुखुम्बु । वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सोलुखुम्बुको जिल्ला कार्य समिति विस्तार भएको छ भने सबै स्थानीय तहमा संयोजक तोकिएको छ।
मञ्चका अध्यक्ष मिलनकुमार राईले १० सदस्यीय जिल्ला कार्यसमिति बनाउनु भएको छ भने स्थानीय तहमा संयोजक तोक्नु भएको हो।

लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै जननायक वी. पी. कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँ गाउँमा पुर्‍याउने उद्देश्यले गठित मञ्चलाई पूर्णता दिन जिम्मेवारी प्रदान गरेको अध्यक्ष राईले जानकारी दिनुभयो।

मञ्चको उपाअध्यक्षमा केदार गुरुङ, सचिवमा विवेक बास्तोला, सह सचिवमा डाकबहादुर विक, कोषाध्यक्षमा धनकुमारी राई रहेका छन् भने अन्य ५ जना सदस्य रहेका छन्।

स्थानीय तहको संयोजकहरूमा सोलुदूधकुण्ड नगरपालिकामा विश्वास कार्की, थुलुङ दूधकोशी गाउँपालिकामा बालकुमार विक, नेचासल्यान गाउँपालिकामा शम्भु घिमिरे, सोताङ गाउँपालिकामा प्रकाश गौतम, महाकुलुङ गाउँपालिकामा केन्द्र कुलुङ, लिखुपिके गाउँपालिकामा लोकेन्द्र बस्नेत, खुम्बुपासाङल्हामु गाउँपालिकामा समिर राना मगर र माप्यदूधकोशी गाउँपालिकामा कृष्ण खालिङलाई संयोजक तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार