महिला भलिबलको उपाधी महाकुलुङलाई


सन्तोष राउत/सोलुखुम्बु । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजना भएको अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले जितेको छ ।

महिलाहरूले सञ्चालन गरेको स्वर्णिम सारथी संस्था सोलुखुम्बुको आयोजना र सोलुदूधकुण्ड नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा महाकुलुङ गाउँपालिकाले माप्य दूधकोशी गाउँपालिकालाई २५–१५, २५–२३, २४–२६ र २५–१४ अङ्कले हराउँदै प्रथम भएको हो भने माप्य दूधकोशी गाउँपालिकाले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

त्यस्तै, सोताङ गाउँपालिकाले २५–१६, २५–१६, २५–२६ र २५–११ अङ्कले सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुलाई हराउँदै तृतिय स्थान हासिल गरेको छ ।

आठ वटा पालिका रहेको सोलुखुम्बुमा ११ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः पच्पन्न हजार ५५५ रुपियाँ, च्वालिस हजार ४४४ रुपियाँ, तेत्तिस हजार ३३३ र चौथौ हुने टिमले एघार हजार १११ रूपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी महाकुलुङ टिमबाट सुमित्रा कुलुङ, उत्कृष्ट स्पाइकरमा चाँदनी राई, सेटरमा मेलिना कुलुङ, डिफेन्डरमा अर्पणा राई, सर्भरमा सुस्मिका राई, ब्लकरमा संगिता राई घोषित भएका छन् । उत्कृष्ट पोशाकमा सागर वर्कशपको टिम र अनुशासित टिममा सोलुदूधकुण्ड नगरपालिका–९ र मार्च पासमा सागर वर्कशप चयन भएका रेफ्री चेतबहादुर मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले महिलाहरू खेल क्षेत्रमा पनि सक्षम रहेको बताउनुभयो । नगरपालिकाले महिला सशक्तिकरणका क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ छ ।

संस्थाका अध्यक्ष माया शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिका–७ का अध्यक्ष रामसंघर्ष किराती र गैरसरकारी संस्था महासंघ सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले सोलुखुम्बुमा महिला भलिबलको भविष्य राम्रो भएको धारणा व्यक्त गर्नुभयो ।
फोटो ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार