नेचासल्यानमा पहिलो ग्याल्पो ल्होसार सांस्कृतिक साँझ हुने

सन्तोष राउत/सोलुखुम्बु । हिमाली शेर्पा साँस्कृतिक समाज, नेपाल शेर्पा सङ्घ चिसंखुगढी र हिमालयन शेर्पा सास्कृतिक केन्द्र नेचासल्यानको संयुक्त आयोजनामा शेर्पाहरुको महान राष्ट्रिय चाड ग्याल्पो ल्होसारको अवसरमा पहिलो पटक बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रम सोलुखुम्बुको नेचासल्यान-१ आलेडांडामा फागुन २९ र चैत्र १ गते हुने आयोजकले जनाएको छ।

कार्यक्रममा चर्चित हास्य कलाकार सागर लम्साल बले, हरि निरौला कक्रोज, गायकहरू मनराज राई, दावा के. शेर्पा, आङतेन्जी शेर्पा, गायिकाहरू सुस्मा राई, विनु गुरुङ, अनुशा राई, र डि. जे. छेवाङको प्रस्तुती रहने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार