काठमाडौं । काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।
सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक बोलाउनुभएको हो ।
अपराह्न ४ बजे डाकिएको बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुग्नुभएका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नुहुने छ ।
सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बाउनुभएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।
ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उहाँको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ ।
संसदमा एमालेसँग १२० सिटबाहेक सरकार बनाउन निर्णायक अवस्थामा रहेका कांग्रेससँग ६३, माओवादी केन्द्रसँग ५३ र जसपासँग ३४ सिट छ ।nepalinetwork