वैवाहिक बर्षगाँठको अवसरमा बीमा पोलिसी उपहार

सोलुखुम्बु। सोलुखुम्बुका एक दम्पतीले आफ्नो ११ औँ वैवाहिक बर्षगाँठको अवसरमा एक आपसमा बीमा पोलिसी उपहार प्रदान गरेका छन्।

सोलुदूधकुण्ड नगरपालिका-५ का दोर्जी शेर्पा र उनकी श्रीमती डोल्मा शेर्पाले पाँच/पाँच लाख रूपैयाँ बराबरको बिमा पोलिसी अनलाइनबाट एक अर्कामा उपहार प्रदान गरेका हुन्।

पछिल्लो समय आक्रमक रुपमा बजारमा अघि बढिरहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी सोलुखुम्बुको सल्लेरी शाखाबाट शेर्पा दम्पतीले बिमा गर्नुभएको अन्डर राइटिङ केदार बस्नेतले जानकारी दिनुभयो ।

श्रीमान् दोर्जी शेर्पा सात बर्षदेखि दक्षिण कोरियामा काम गरिरहनुभएको छ। पछिल्लो समय सोलुखुम्बुमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्नेको आकर्षण बढ्दै गएको छ।

स्थापनाको छोटो समयमा नै सगरमाथाको जिल्ला सोलुखुम्बुमा समेत बीमाको इतिहासमा पहिलो पटक MDRT बनाउन सक्नु भनेको कम्पनीप्रतिको विश्वास, कर्मचारी तथा अभिकर्ताको मेहनत भएको सल्लेरी शाखा प्रबन्धक भानुभक्त उपाध्याय बताउनुभयो ।

बीमा सम्बन्धि चेतना दिनु आजको मुख्य आवश्यकता हो भन्दै प्रबन्धक उपाध्यायले सबैले बीमा गरेर अनिवार्य बचत गर्ने बानीको विकास गर्न, भविष्यको आर्थिक संकट समाधान गर्न तथा जोखिमको भार उठाउनको लागि समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार