राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जानुपर्छ : नेता साउँद

काठमाडौं । नेपाली काँग्रेसका नेता एनपी साउँदले राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राख्नुभएको छ ।

अहिले हतार–हतार गरेर नेतृत्वमा पुग्न खोज्दा दिगोरुपमा मुलुक संकटमा फस्नसक्ने भन्दै उहाँले निर्वाचन नै आवश्यक रहेको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साउँदले भन्नुभयो,“माओवादीले दिएको बिश्वासको मत फिर्ता नलगेसम्म सरकार अल्पमतमा जादैँन, जसपा र सरकार पनि सत्ता समिकरणबारे वार्ता गरिरहेका छन्, प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि सम्झौता गर्छन् कि के गर्छन् भन्ने कुरा काँग्रेसले नियालिरहेको छ, हामी सरकारमा जान हतार गर्दैनौँ ।”

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि के–कस्ता सम्झौता गर्छन् भन्ने कुरा काँग्रेसले नियालिरहेको जानकारी दिनुभएको छ । सरकारले अब ताजा जनादेशमा जाने कुरालाई जोड दिनुपर्ने नेता साउँदले उल्लेख गर्नुभयो ।nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार