दुई दिन देशैभर सार्वजनिक बिदा

सरकारले यही चैत १५ र १६ गते सार्वजनिक बिदा दिएको छ । फागू पूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराई जिल्लामा बिदा हुने भएको हो ।

सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरेको छ । होली पर्व खासगरी नेपालको तराई तथा पहाडी क्षेत्रमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन हिन्दूहरूले मनाउने गरेको छन् ।

फागूपूर्णिमासंगै वसन्त ऋतुको शुरुवात हुन्छ। होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार