उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक चौहान

सन्तोष राउत/सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट फागुन महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरीक्षक मन्दिप चौहान छनोट हुनुभएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत चौहानले विभागीय मुल्य मान्यता, निर्देशनको पालना गर्दै व्यवसायिक, कर्तव्यनिष्ठ लगनशील तवरले उच्च मनोवलका साथ नवप्रवद्धनात्मक कार्यक्रम अन्तर्गत Boosting Professionalism campaign मार्फत मातहत प्रहरी कर्मचारीहरुको क्षमता विकास गर्न भूमिका खेलेको तथा समूदाय-प्रहरी साझेदारी अवधारणा अन्तरगत सरोकारवालाहरुलाई अनुशिक्षण, प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रम गरी अपर अनुसन्धानमा फरार रहेका विभिन्न प्रतिवादीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सफल भई आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुने गरी उल्लेखनीय कार्य गर्दै कानुनी शासनलाई अक्षुण राखेर प्रहरीको छविलाई उच्च राख्ने काम गरेको भन्दै छनोट गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

शान्ति सुरक्षा कायम गर्ने क्रममा महत्वपूर्ण विभिन्न घटनाहरुमा सफलता प्राप्त गरी संगठनको गरिमा बढाउन गरेको प्रशंसनीय कार्य सम्पादनको मूल्याङ्कनको आधारमा उत्कृष्ट प्रहरी घोषणा गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार