एकै विद्यालयका दुई शिक्षकको विदाई

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको सल्यानमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा लामो समय शिक्षण गर्नुभएका दुई जना शिक्षकको एक साथ विदाई गरिएको छ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि करिब ४० वर्ष भन्दा बढी शिक्षण पेसामा रही विभिन्न विद्यालयमा सेवा गर्नुभएका शान्तबहादुर बस्नेत उमेर हदका कारण सेवा निवृत्त भएकाले विदा गरिएको हो। उहाँलाई विद्यार्थी, शिक्षक तथा विद्यालयका तर्फबाट मायाको चिनो प्रदान गरिएको छ।

२०३७ सालको जनमत संग्रहमा समेत प्रजातन्त्रवादीरूका तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुभएका बस्नेतले सो विद्यालयमा समेत करिब २७ वर्ष लगातार सेवा गर्नुभएको छ। उहाँले आगामी दिनमा समाजमा व्याप्त विकृति विसङ्गती हटाउदै सभ्य समाजको निर्माणका लागि समाज सेवामा सक्रिय रहने बताउनुभयो।

त्यस्तै, सोही विद्यालयमा करिब १२ वर्ष सेवा गर्नुभएको नविन ठाकुर अर्को विद्यालयमा सरु भएकाले विदाई गरिएको विद्यालयका शिक्षक रमेश निरौलाले जानकारी दिनुभयो।

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषकुमार बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभा क का सभापति धनजन राई, तरूण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा लगायत स्थानीय जनप्रतिनिधिहरू, पुर्व विद्यार्थीहरू, शिक्षक अभिभावक संघका अध्यक्ष एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार