पछिल्लो २४ घण्टामा थपिए १६२ कोरोना संक्रमित, ५९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १६२ कोरोना संक्रमित, ५९ जना  डिस्चार्ज

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १६२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ६७ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा ५०, भक्तपुरमा ४ र ललितपुरमा १३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ५९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ।

हाल देशभर १ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।-nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार