नेकपा पार्टीको नाम विवाद सम्बन्धी फैसलामा पुनरवलोकन नहुने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस अघि पार्टीको नाम विवादमा सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध दिएको निवेदनको पुनारावलोकन नहुने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको तीन न्यायाधीशको पूर्ण इजलासले सो आदेश भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी गराउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिनुभएको सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासमा सुनुवाइ भएकाे हाे ।

ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम आफ्ना पार्टीको नामसँग जुधेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।

सो फैसलाविरूध्द गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरावलोकनको निवेदन दिनुभएकाे थियो। gorkhapatraonline.com bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार