कांग्रेस नेता कार्कीको पहलमा बिद्यार्थीलाई पोशाक र झोला बितरण

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता तथा पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्कीले सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकाको बासा दाम्कुमा संचालित पद्मकन्या आधारभूत विद्यालयका १२० जना बिद्यार्थीहरूलाई बिद्यालय पोशाक र झोला बितरण गर्नुभएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का प्रथम उपाध्यक्ष समेत रहनुभएका कार्कीको विशेष पहलमा लायन्स क्लब अफ नेपाल हिमालय र हिमालय केयर ह्यन्ड्स नेपालले पोशाक र झोला उपलब्ध गराएको स्थानीय तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललित कार्कीले जानकारी दिनुभयो।

उहाँका अनुसार करिब तीन लाख रुपियाँको लागतमा बिद्यालय पोशाक र झोला उपलब्ध गराइएको हो । उहाँले सहयोगी संस्था र पहलकर्तालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

पोशाक र झोला बितरण कार्यक्रममा बोल्नुहुँदै वडा नम्बर ३ का वडा अध्यक्ष नारायणकाजी कार्कीले विद्यालयको इतिहासमा नै पहिलाे पटक सेटै ड्रेसदेखि झाेलासम्म चाेलेन्द्र कार्कीले बितरण गरेकाेमा खुसी ब्यक्त गर्दै अभिभावकहरूलाई पाएकाे सुविधाको सदुपयाेग गर्दै छाेराछाेरीकाे शैक्षिक गुणस्तरमा पहिलाे प्राथमिकता दिन आग्रह गर्नुभयाे।

अभिभावक गेश बहादुर कार्कीले पोशाक र झोला पाएपछि हर्षित हुदै आफू जस्ता निम्न आयस्रोत भएका अभिभावकका लागि यस्ता सहयोगले ठूलो मद्दत पुग्ने बताउनुभयो।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी, स्थानीय बुद्धिजिबी तथा स्थानीय नेता उजिर कार्कीलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार