एमालेले सोध्यो २७ सांसदलाई स्पष्टीकरण, खनाल र नेपालसहित को–को छन् ?

काठमाडौं पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा नेकपा (एमाले)ले झलनाथ खनाल र माधवकुमार नेपालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ ।

कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी हुँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्न सक्ने भन्दै एमालेले २७ सांसदलाई स्पष्टीकरण सोधेको हो । उनीहरूलाई स्पष्टीकरण पत्र पठाइसकिएको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उनीहरुलाई दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । स्पष्टीकरण सोधिने मध्येमा नेपाल, खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन र मुकुन्द न्यौपाने छन् ।

सोमबार बालुवाटारमा बसेको १० औं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।-nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार