सोलुखुम्बुका दुई स्थानमा माछापुच्छ्रे बैङ्कको शाखा रहित बैङ्किङ सेवा थप


सन्तोष राउत/सोलुखुम्बु । दुई वर्षअघि सोलुखुम्बुको सल्लेरीमा सेवा विस्तार गरेको माछापुच्छ्रे बैङ्कले एकै पटक दुई स्थानमा नयाँ शाखा रहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको माछापुच्छ्रे बैङ्क सल्लेरी शाखाका प्रबन्धक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सोलुखुम्बुको सबै भन्दा ठूलो गाउँपालिका थुलुङ दूधकोशी गाउँपालिका–८ देउसमा शाखा रहित बैकिङ सेवा सुचारु गरेको हो । सेवा सुचारु गर्दै गाउँपालिका अध्यक्ष असिम राईले माछापुच्छ्रे बैङ्कको शाखा रहित बैङ्किङ सेवाले गाउँपालिकको आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

स्थानीय व्यवसायी गोविन्द नाछिरिङलाई बजार प्रतिनिधि बनाई प्राविधिक उपकरण समेत हस्तान्तरण गरेर सेवा सञ्चालनमा ल्याइएको हो ।
त्यस्तै, माप्य दूधकोशी गाउँपालिका–२ राप्छामा पनि बैङ्कले शाखा रहित बैङ्किङ सेवा विस्तार गरेको छ । यसबाट माप्य दूधकोशी गाउँपालिकाको मुख्य गरी वडा नम्बर १, २ र ३ का स्थानीयलाई वित्तीय सेवा मिल्नेछ । स्थानीय प्रदिप राईलाई बजार प्रतिनिधि व्यवस्था गरी सेवा थालेको हो ।

सजिलो र भरपर्दो माध्यमबाट वित्तीय कारोबारका लागि शाखा रहित बैङ्किङ सेवाले सहज बनाउने प्रबन्धक बस्नेतले बताउनुभयो । स्थानीयमा बचत गर्ने बानीको विकास गराउँदै ऋण परिचालनको माध्यमबाट लघु उद्यमका लागि सहयोग पु¥याउँदै ग्रामिण क्षेत्रका नागरिकसम्म वित्तीय पहुँच पु¥याउनका लागि शाखा रहित बैङ्किङ सेवा विस्तार गरिएको उहाँको भनाइ छ ।

यसअघि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको सल्यानमा सेवा सञ्चालनमा आइसकेकोे छ । सेवा शुरु भएपछि सर्वसाधारणलाई बैङ्किङ कारोबारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार