कांग्रेस महाधिवेशन फेरि अन्योलमा

संक्रमण बढ्दै गएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक कांग्रेसले स्थगित गरेको छ। पिसिआर परीक्षणपछि मात्र बुधबार केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको कांग्रेस पदाधिकारीको आइतबारको बैठकमा संक्रमण बढ्दै गए भदौमा कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विषयले प्रवेश पाएको छ। संक्रमण बढ्दै जाँदा जिल्लासहितका तल्लो निकायलाई सदस्यतासहितका विषयमा प्रश्न गर्न पनि नसकिने भन्दै नेताहरूले महाधिवेशनका विषयमा नयाँ ढंगले सोच्नुपर्ने धारणा राखेका छन्।

कांग्रेस नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता, जनसम्पर्क समिति, अनुशासन समितिसहित पार्टीको १४औं महाधिवेशनका विषयमा पदाधिकारी बैठकमा छलफल भए पनि टुंगोमा नपुगिएको जानकारी दिए।

आगामी भदौभित्र महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। तर संगठन समायोजन, विवादित जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण, अनुशासनको कारबाही गरेका नेताहरूको कारबाही फुकुवा र विदेशस्थित जनसम्पर्क समितिका विषयमा कांग्रेसले अझै ठोस निर्णय लिन सकेको छैन। नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार