नेचासल्यानका विद्यालय वैशाखभर बन्द

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले वैशाखभरी सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार गाउँपालिकाको सामाजिक विकास समितिले गरेको निर्णय अनुसार गाउँपालिका भित्र संचालित सबै शैक्षिक संस्थाहरूमा पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधवमणि ढुंगानाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

यसका साथै जिल्ला बाहिरबाट आउने सबैलाई आफ्नै घरमा १५ दिन अनिवार्य सुरक्षित तरिकाले बस्न गाउँपालिकाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार