सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका विद्यालयहरु बन्द गरिने भएको छ ।
कोरोना भाईरस (कोभिड १९)को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नगरपालिका भित्र संचालित विद्यालय वैशाख १७ देखि २२ गतेसम्म बन्द गरिने भएको हो ।
जेठ २ गतेबाट विद्यालयस्तरीय बार्षिक परिक्षा संचालन गर्ने तयारी गरेको नगरपालिकाले ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै वैशाख २३ देखि ३१ सम्म कक्षा ८ को नगरपालिकास्तरीय वार्षिक परिक्षाका साथै अन्य सम्पूर्ण कक्षाहरुको परिक्षा संचालन गरिनेछ ।
कक्षा ८ बाहेक अन्य कक्षाको परिक्षा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यार्थीहरुको संख्याका आधारमा २ सिफ्टमा संचालन गर्न सकिने नगरपालिकाका शिक्षा सुपरिवेक्षक गोपालराज भुजेलले बताउनुभयो।
परीक्षा संचालनपछि विद्यालय पुनः बन्द गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।- himalsamachar