सोलुखुम्बुमा ४ जनामा कोरोना पुष्टि

सोलुखुम्बुमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल फाप्लुमा सामेबार गरिएको एन्टिजेन परिक्षणमा सोलुदुधकुण्ड नगरपालिका भित्रका २ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको हो ।

जसमा ६१ बर्षिय बृद्धा र २४ वर्षिय महिला र १९ र ३१ वर्षिय पुरुष रहेका छन् । उनिहरु केही दिन अघि काठमाण्डौबाट आएका थिए ।

शंकास्पद लक्षण देखिएपछि परक्षिण गर्दा कोरोना देखिएको फाप्लु अस्पातलकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले बताईन् ।

उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।उनिहरु होम आईसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार