उपत्यकामा जारी निषेधाज्ञा २९ गतेसम्म थप

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २९ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

साथै पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम गरिएको उहाँले जानकारी दिनुभयो । अबदेखि अत्यावश्यक बाहेकका अरु सबै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरी बैंक तथा वित्तीय संस्थामा सीमित जनशक्ति राखेर चलाउन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार