कांग्रेस बैठक सम्पन्न : प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल पार्ने निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल पार्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने भनेर चालेको कदम नै षड्यन्त्रपूर्वक रहेको पनि कांग्रेसको ठहर छ ।

बैठकपछि जानकारी दिँदै सहमहामन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले भने–‘‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ, पहिलो लक्ष्य विश्वासको मत जुटाउनबाट रोक्ने हो। त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुन्छ।” File Photo/ReportersNepal

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार