८ हजार ९७० संक्रमित थपिए, मृत्युदर रोकिएन

नेपालमा कोरोनाभाइरसका आठ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ९७० मा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुने तीन लाख ६८ हजार ५८० पुगेको जनाएको छ । हाल ७२ हजार ५६१ मा सङ्क्रमण सक्रिय अवस्थामा छ । मन्त्रालयले चौबीस घण्टाको अबधिमा ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये एक सय जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ७०७ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ९२ हजार ४९० जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाबाट निको हुने ७९.४ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ । हालसम्म तीन हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल ३१४ जना क्वारेन्टिनमा छन् । यस्तै काठमाडाैं उपत्यकामा तीन हजार ९७२ जना संक्रमित फेला परेका छन् । – गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार