सोलुखुम्बुका थप २४ मा कोरोना, संक्रमितको संख्या ४७ पुग्यो

सोलुखुम्बुमा एकैदिन २४ जना कोरोना संक्रमति थपिएका छन् ।

सोलुदुधकुण्ड नगरपालिकाका कर्मचारी र कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमामा परेकाहरुको पिसिआर परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा नगरपालिकाका कर्मचारी र जिल्ला अस्पताल फाप्लुका एक स्वास्थ्यकर्मी समेत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम नारायण शाहले जानकारी दिए ।

संक्रमण पुष्टि भएका सबै जना होम आईसोलेशनमा रहेको जनाईएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले आईतबार देखि दुई सातासम्म निषेधाज्ञा गर्ने निर्णय समेत लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार