पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु

नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमण र मृत्युदर घट्दै गएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना कोरोना संक्रमित थपिएका हुन्।

यो संगै कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४८५६ पुगेको छ ।

आज थप ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् ।
पीसीआर परीक्षण भने २७ लाख ५१ हजार ४८१ पुगेको छ ।-nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार