नौ हजार १९८ थपिए, पाँच हजार ७६७ कोरोनामुक्त, २१४ को मृत्यु

नेपालमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म २७ लाख ९२ हजार ६७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित चार लाख ६४ हजार २१८ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार हाल एक लाख १३ हजार ४८० जनामा भाइरसको सङ्क्रमित सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना कोरोनामुक्त भएका छन् ।

आइतबार चौबीस घण्टामा २१४ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ ।-गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार