सोलुखुम्बुमा पाँच जना सङ्क्रमितको मृत्यू


सोलुखुम्बु । सोलुखुम्बुमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यू भएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ का एक पुरुषको मृत्यू भएसँगै मृतकको संख्या पाँच पुगेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित ७२ वर्षिय बृद्धको बिहीबार मृत्यू भएको हो । मृतक बृद्ध गत जेठ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेको र अवस्था जटिल बन्दै गएपछि फाप्लु अस्पताल भर्ना गरिएको थियो ।

फाप्लु अस्पतालको आईसोलेसनमा हाल १६ जना सङ्क्रमितको उपचार भइरहेको छ । जसमा एक जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

यसअघि सोलुखुम्बुमा कोरोना सङ्क्रमणका कारण सोलुदूधकुण्ड नगरपालिकाका तीन जना, खुम्बु पासाङल्हामु गाउँपालिकाका एक जना र सोताङ गाउँपालिकाका एक जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार