ज्येष्ठ नागरिक भत्ता मासिक बढ्यो

अध्यादेश मार्फत शनिबार सिंहदरवारबाट प्रस्तुत गरिएको बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ । त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

संविधानको धारा ११९ को उपधारा ३ अनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । सरकारले शुक्रबार मात्र आर्थिक सर्वेक्षण सार्वजनिक गरेको थियो । प्रतिनिधिसभा कायम नरहेकोबेला कोभिड माहामारीकाबीच सरकारले अध्यादेशमार्फत यस वर्षको बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा व्यापार घाटामा कमीआएको दावी गर्नुहुँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा ९४ प्रतिशत राजस्व असुल हुने अनुमान सुनाउनुभयो । अर्थमन्त्री पौडेलले कोभिड १९ को माहामारीबाट जनताको जीवन रक्षा गर्ने, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बजेटको लक्ष्य रहेको बताउनुभयो ।

सरकारले सबै नागरिकलाई यथाशीघ्र कोभिड खोप निःशुल्करुपमा व्यवस्था गर्ने र खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । त्यस्तै, अस्पतालमा खट्ने स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ताका लागि ३७ अर्व ५३ करोड रुपियाँ विनियोजन गरिएको छ । अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुन नदिन करारमा लिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । त्यस्तै, कोभिड नियन्त्रण तथा उपचारका लागि थप ४ अर्व रुपियाँ विनियोजन भएको छ ।

त्यस्तै, सिकलसेल एनिमिया, मुटुरोग उपचारका लागि २ अर्व ५० करोड रुपियाँ विनियोजन भएको छ । अर्थमन्त्री पौडेलकाअनुसार प्रदेश सरकारलाई ३७ अर्व ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्व ५० करोड रुपियाँ सशर्त अनुदान प्रदान गरिने छ । सञ्चार माध्यम ९मिडिया० लाई निःशुल्क नविकरण गर्ने व्यवस्था बजेटले गरेको छ ।

सोहीअनुसार अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्व ७७ करोड रुपियाँ विनियोजन गरिएबो बताउनुभएको छ । त्यस्तै, सामाजिक सुरक्षाभत्ता ३३ प्रतिशतले बृद्धि गरी मासिक ४ हजार रुपियाँ पुर्याइएको अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो । -गाेरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार