सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ ।
स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्या मा २५ लाख सम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले २०७८– ०७९ को बजे सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।शनिवार आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १२ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।
मन्त्री पौडेलले यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम १०० दिन रोजगार बनाउने उद्घोष गर्नुभएको छ । त्यसका लागि यो वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।-गाेरखापत्र अनलाइन