नयाँ आवमा तीनसय पुल निर्माण गरिने, ११ अर्व १० करोड विनियोजित

सरकारले यस वर्षभित्र तीनसय साना ठूला पुल निर्माण गरिक्ने लक्ष्य लिएको छ । त्यसकालागि ११ अर्व १० करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

त्यस्तै, आगामी वर्षभित्र हुलाकी राजमार्ग निर्माण सक्ने लक्ष्य सरकारले लिएको छ । त्यसकालागि ६ अर्व ३९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलकाअनुसार जडिबुटी कोटेश्वर सुरुङमार्ग निर्माणका लागि १ अर्व ८० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सोहीअनुसार आगामी वर्ष थप ४३ जिल्लामा विद्युतीकरण गर्ने र त्यसकालागि ४ अर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यस्तै, यसै वर्षबाट जयनगर–जनकपुर–कुर्था रेलसेवा सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।-गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार