जेठभर निषेधाज्ञा लम्बिने, खुकुलो बनाउँदै असारबाट खोल्ने तयारी

उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय लिने टुंगो लगाएका हुन् ।

भोलि प्रमुख जिल्ला अधिकारीहरुले जेठभर निषेधाज्ञा लम्ब्याउने गरी सूचना जारी गर्ने टुंगो लगाएको बुझिएको । आज बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमण दर घट्दै गएको र जेठभरमा अझ घट्ने आँकलन समेत गरेको छ ।

अब निषेधाज्ञा लम्ब्याएपनि खुकुलो बनाउने तयारी भएको छ । अब विहान दुई घन्टा किराना पसल खोल्न दिने तयारी समेत भएको छ । विहान ७ देखि ९ बजेसम्म किराना पसल खोल्न दिने निर्णय भोलि आउने बुझिएको छ ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार