नेचासल्यानलाई १० लाख बराबरको स्वास्थ्य सामाग्री

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसीको अनुरोध तथा नेचासल्यान २ का वडाअध्यक्ष भेषकुमार बास्तोलाको पहलमा कृष्ण फिल्मसका निर्देशक नेचासल्यान निबासी बाबुराजा केसी ‘उज्वल’को समन्वयमा बोधिसत्व बिहारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री विहिबार कांग्रेस नेता केसीले गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलालाई हस्तान्तरण गरेका हुन् ।

सहयोगमा पिपिई सेट ७५ थान, केएन ९५ मास्क १५० थान, सर्जिकल मास्क ८५० थान, अक्सिजन कन्सरट्रेटर ३ थान, पल्सअक्सिमिटर ३ थान, सेनिटाईजर लगायतका सामाग्री रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा पुर्व मन्त्री केसीले आगामी दिनमा थप सहयोगको व्यवस्थापन गर्ने बताएका छन् । बोधित्व विहार सँग एक सेट पिसिआर मेसिन, एन्टिजेन किट, पिसिआर भिटिएमको पनि माग गर्ने नेता केसीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार