माओबादी केन्द्र सोलुखुम्बुको अध्यक्षमा शेर्पा र सचिवमा राई

३ दिनको छलफल पछि नेकपा माओबादी केन्द्र सोलुखुम्बुको पदाधीकारीहरुको नाम टुंगिएको छ ।
जिल्ला कमिटिको सचिवालय बैठकले अध्यक्षमा गोम्बु शेर्पा कज्र्याङ, उपाध्यक्षमा ध्रुव शर्मा पराजुली र सचिवमा असिम राईको नाममा सर्वसम्मत निर्णय गरि अनुमोदनका लागि माथिल्लो कमिटिमा पठाउने निर्णय गरेको हो ।

भर्चुअल बैठकले जिल्ला कमिटिको सह सचिवमा गौरब राई र कोषाध्यक्षमा मेनुका पुरीलाई चयन गरेको छ । त्यैगरी बैठकले केन्द्रीय कमिटीका लागि गोम्बु शेर्पा ‘कर्ज्याङ’, करुणा बस्नेत, ङिमा तेण्डुप शेर्पा, रीमा कुलुङ राई, पासाङ शेर्पा ‘कर्मा’ र आङदवा शेर्पाको सिफारिस गरेको छ ।

बैठकले प्रदेश कमिटीका लागि हिमाल गिरी, ङिमा तेण्डुप शेर्पा, दिलबहादुर नेपाली ‘घनश्याम’, महेन्द्र राई ‘महेश’, अनिल कुमार राई, बिकेन्द्र कुलुङ किराती ‘संकल्प’, सुनिता किराती, प्रल्हाद राई ‘प्रज्वल’, भक्त बहादुर राउत ‘बिनोद’, शंकर बस्नेत, असिम राई, राम संघर्ष किराती, केशर बहादुर राई, गौरब राई र मेनुका पुरी (गिरी) ‘झरना’ गरि १५ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य शिव बहादुर बस्नेत ‘राजेन्द्र’लाई भने १ नं. प्रदेशको पार्टीको सचिव पदमा मनोनय गर्नका सिफारिस गर्ने निर्णय भएको समेत जिल्ला पार्टी कार्यायल सचिव गणेश कुमार राई ‘वसन्त’ले जनाकारी दिए । बैठक जिल्ला अध्यक्ष कज्र्याङको अध्यक्षता र जिल्ला ईन्चार्ज हेमकुमार राई ‘सुरविर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।source:himalfm

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार