सोलुखुम्बुमा फेरि थपियो निषेधाज्ञा

कोरोना कहर नियन्त्रणका लागि सोलुखुम्बुमा फेरी एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको डिसिसिएमसिको भर्चुअल बैठकले एक हप्ता निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिनुभयो।

यो निषेधाज्ञा पहिलाकै मोडालिटीमा हुने जनाइएको छ । सोलुखुम्बुमा गत बैशाख २६ गते यता निषेधाज्ञा जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार