कांग्रेस सोलुखुम्बुले क्रियाशील सदस्यताको त्रुटी सच्याउन तोक्यो समयसीमा


नेपाली काङ्ग्रेस सोलुखुम्बुले भर्खरै बुझाएको क्रियाशील सदस्यता फारममा केही त्रुटी भए सच्याउनका लागि समयसीमा तोकेको छ।

जिल्ला कार्य समिति सोलुखुम्बुले सूचना जारी गर्दै फारम भर्दा छुट वा त्रुटी भएमा सच्याउनका लागि आवश्यक प्रमाणका साथ असार ५ गतेसम्म लिखित रुपमा जिल्ला कार्य समितिमा पठाउन भनेको छ।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयको वेबसाइटमा प्रकाशित प्रस्तावित नामावलीमा कुनै गुनासो, सुझाव तथा उजुरी भएमा यही असार ६ गते सम्म जिल्ला कार्य समितिद्वारा गठित प्रारम्भिक छानबिन समितिमा लिखित रुपमा निवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

यसैबिच, नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितले विधान र नियमावली अनुसार योग्यता पुगेका र यस अघि नविकरणमा छुटेका नामावली असार ९ गतेसम्म पठाउन जिल्ला कार्य समितिहरूलाई पत्राचार गरिसकेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार