सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ५९ करोड ३ लाख ५४ हजार २६४ रुपैँयाको बजेट ल्याएको छ ।
बिहिबार बसेको नगर सभामा बजेट, निति तथा कार्यक्रम प्रस्तुत भएको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिनुभयो ।
वडा तहमा योजना छनौटको काम बाँकी रहेकाले असार २४ गते बस्ने नगर सभामा विस्तृत छलफल हुने बताइएको छ ।
नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।