उदयमान कांग्रेस नेता शेर्पाद्वारा राहत वितरण

विभिन्न पेसा व्यवसाय गर्द राजधानीमा बस्दै आएका सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाका एक सय परिवारलाई राहत वितरण गरिएको छ ।

नेपाली कांग्रेसका नेता तथा वन, वातावरण तथा विपद व्यवस्थापन विभागका केन्द्रीय सदस्य कर्मा शेर्पाको सहयोगमा माप्य दूधकोशीका एक सय परिवारलाई राहत वितरण गरिएको छ ।

विगत लामो समयदेखि सोलुखुम्बुको शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको गैरसरकारी संस्था द स्मल वर्ल्ड (टिएसडब्लु)का अध्यक्ष समेत रहनुभएका शेर्पाले  काठमाण्डौँ स्थित कपनको फैकामा आयोजित कार्यक्रमबाट कोरोनाका कारण समस्यामा परेका परिवारलाई एक–एक बोरा चामल वितरण गर्नुभएको हो। ।

राहत वितरण कार्यक्रममा शेर्पा सहित नेपाली कांग्रेसका नेता तथा सोलुखुम्बुका पुर्व पार्टी सभापति आङगेलु शेर्पा, कांग्रेस नेताहरु कृष्ण प्रसाद निरौला, सुर्य कुलुङ, रोशन थुलुङ, सरला नाछिरिङ, बाबुराम आचार्य लगायतको सहभागिता रहेको थियो। माप्य दूधकोशीका चन्द्र राई, साँगा राई, ललित खालिङ, उत्तर कार्कीले समन्वय गरेको राहत वितरण कार्यक्रममा सबैभन्दा छिटो १८ घण्टामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका काजी शेर्पा ‘स्पिड काजी’, हिमाली सञ्चार लिमिटेडका अध्यक्ष निमा शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

 

कांग्रेस नेता आङगेलु शेर्पाले कोरोनाका कारण सिर्जित कठिन परिस्थितीमा राज्यले सहयोग गर्न नसकेको बताउनुभयो । राज्यले जनताको दुख नदेखेको बताउदै नेता शेर्पाले कांग्रेसले शहरमा बसेका माप्य दुधकोशीका परिवारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

पर्यटन व्यवसायी समेत रहेका कर्मा शेर्पाले विपदमा दैनिकी चलाउन समस्या परेका परिवारलाई सरकारले वेवास्ता गरेको बताउनुभयो । शेर्पाले विभिन्न सामाजिक संस्थाहरुसंग मिलेर एक महिनादेखि काठमाण्डौँमा खाना खुवाउदै आउनुभएको छ ।

अघिल्लो वर्ष पनि सोलुखुम्बुको विभिन्न क्षेत्रमा उहाँले राहत वितरण गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार