यूनियन लाइफको प्रि-अलोटमेण्ट सम्पन्न, आजै बाँडफाडँ हुने यस्तो छ तयारी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) आज ‘प्रि अलोटमेण्ट’ सम्पन्न भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले आज प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको बताएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि आजै साँझ आइपीओ बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले असार २४ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपीओमा २१ लाख ५० हजार ४ सय ७८ जना आवेदकबाट ३ करोड ४० लाख १० हजार ८९० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ५।८५ गुणा बढीको आवेदन परेको हो । source : insurancekhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार