प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । यसका लापि आज ४ बजे संसद बैठक बस्दै छ ।
यसैबीच, प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको आजको बैठकमा नै उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
देउवाले ज्योतिषिको सल्लाहनुसार विश्वासको मतअनुसार आज विश्वासको मत लिन आजको साइत जुराएको बताइएको छ ।
‘नवरात्रअन्तर्गत आज नवमी तिथि सूर्य ग्रहकोबार आइतवार हो । आज तुला राशिमा चन्द्रमा भएको शुभ समय पारेर देउवाले विश्वासको मत लिँन लाग्नुभएको हो’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
विश्वासको मतका लागि सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा साथ दिएका एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले देउवालाई विश्वासको मत दिने सम्भावना रहेको बताइएको छ । कतिपय सांसदले त देउवालाई विश्वासको मत दिने घोषणा नै गरिसकेका छन् ।
यता, एमालेको संस्थापन पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । यदि, आज नेपाल समूले देउवालाई विश्वाससको मत दिएमा एमाले फुट्ने निश्चित हुनेछ ।
सर्वोच्च अदालतको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।