मेलम्ची नगरपालिकामा ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा गाए रातीबाट एकै गाउँका ३० जना बिरामी भएका छन् ।
मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले ती सबै बिरामीलाई अस्पताल पु-याइएको जानकारी दिनु भयो ।
बिरामी भएका सबैमा फूड पोइजन हुन सक्ने स्थानीय स्वास्थकर्मीहरुले जनाएका छन् ।
३० जनामा झाडापखला, वान्ता हुने समस्या देखिएको छ । स्थानीय अस्पताल र घरमा नै बिरामीहरुको उपचार भइरहेको छ । स्थानीय अस्पतालमा उपचार नभएमा राजधानी उपचारका लगिने बिरामीका आफन्तजनले जनाएका छन् । यो समाचार गोरखापत्र दैनिकका लागि सिन्धुपाल्चोकबाट चित्र मिजारले लेख्नुभएको हो।